‘मर्दले मैदानमा युद्ध गर्छ, भाग्नु कायरता’


 


सर्लाही, जेठ २९
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले चुनावको मैदानबाट भाग्नु कायरता भएको बताएका छन्। ‘मर्दले मैदानमा युद्ध गर्छ’, अध्यक्ष यादवले भने,‘मैदान छोडेर भाग्नु कायरता हो। चुनाव अधिकार प्राप्तिको मैदान हो। अधिकार प्राप्तीका लागि चुनावि मैदानमा संघर्ष गर्छु।’ आजको नागरिकमा खबर छ।

सर्लाहीको मधुवनगोठमा पार्टीले आयोजना गरेको सभा सम्बोधन गर्न आउदा राजपाका कार्यकर्ता कालो झण्डा समना गरेका यादवले राजपाका कार्यकर्ता नेताको निर्देशन पालन गरेको प्रतिक्रिया दिए। अधिकारका लागि जनता लडेपनि उपलब्धि नेताका आफन्तले मात्र भोग गरेको भन्दै राजपका नेताहरु प्रति टिप्पणी गरे।

सम्बोधनको अधिकांस समय राजपाका नेताको टिप्णीमा खर्चेका यादवले पार्टी चुनावमा गएर संविधानबाट प्राप्त उपलब्धिको रक्षा गर्ने बताए ।

बुलेटको जवाफ ब्यालेटले दिने एजेण्डा सहित चुनावमा सहभागिता जनाएको उनले भने । कार्यक्रममा विभिन्न दल परित्या गरी संघीय समाजवादी फोरम पार्टीमा प्रवेश गरेकाहरुलाई यादवले स्वागत गरेका थिए।

प्रकाशित मिति: २९ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्