एनएमबि बैंकले एफपिओ निष्काशन गर्देछ, किन्ने हैन ?
काठमाडौं, जेठ २८
एनएमबि बैंकले सर्वसाधारणका लागि एक करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता शेयर प्रिमियममा विक्री गर्ने भएको छ । बैंकले एफपिओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
बैंकले संस्थापक र सर्वसाधारण शेयरधनीको हिस्सा क्रमश ५१ र ४९ प्रतिशत पुर्याउनका लागि एफपिओ जारी गर्न लागेको हो । एनएमबिले यस भन्दा अगाडि पनि एफपिओ निस्कासन गरि सकेको छ ।
हालै नेपाल धितोपत्र वोर्डले शार्वजनीक निश्कासन गर्दा पाँच वर्ष पुगेपछि मात्र शेयर निश्कासन गर्न पाउने गरि संसोधन गरेको छ । नियम लागु भएपछि भने एनएमबिको शेयर निश्कासन प्रभावित हुने देखिन्छ ।
बैंकले शेयर निश्कासन गर्ने भएपनि कति रुपैयाँमा शेयर निश्कासन गर्ने हो त्यो भने खुलाएको छैन । ६ अर्ब ४६ करोड १७ लाख रुपैयाँ चुक्ता पूँजी भएको एनएमबिले शेयर निष्काशनका लागि यसअघिनै नागरिक लगानी कोषलाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।
प्रकाशित मिति: २८ जेष्ठ २०७४, आइतबार