शेयर बजारमा गिरावट, कारोबार रकम बढ्यो
काठमाडौं, जेठ २८
आइतबार शेयर बजारमा गिरावट आएको छ । बजार परिसुचक नेप्से २४ दशमलव सात बिन्दुले घटेर १ हजार ५ सय ९० दशमलव चार नौ को बिन्दुमा बन्द भएको छ । परिसुचक घटेपनि कारोबार रकम भने गत साताको अन्तिम दिन भन्दा वृद्धि भएको छ ।
आइतबार एक सय ४६ कम्पनीको ७१ करोड १३ लाख ७२ हजार ७ सय ३८ रुपैयाँको ११ लाख २३ हजार ५ सय ३२ कित्ता शेयर खरिदविक्री भएको छ ।
त्यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पाच दशमलाव सात विन्दुले बढेर तीन सय ३७ दशमलव चार दुई विन्दुमा बन्द भएको छ ।
प्रकाशित मिति: २८ जेष्ठ २०७४, आइतबार