राजपाद्वारा आन्दोलनको घोषणा, असार १० देखि अनिश्चितकालिन आमहड्ताल


 


काठमाडौं, जेठ २८
सत्ता गठबन्धनले माग सम्बोधन गर्न नसकेको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आमहड्तालसहित आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आज पत्रकार सम्मेलन मार्फत राजपाले चुनावमा सहभागी नहुने भन्दै भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

आन्दोलनबम कार्यक्रम

– जेठ २९ गते जिल्ला सदरमुकाममा मसाल जुलुस गर्ने ।

– जेठ ३०, ३१ र असार १ र २ गते थरुहट, मधेस र लिम्बुवान बन्द गर्ने ।

(जेठ ३० र ३१ गते गाउँपालिका नगरपालिकाहरुमा चुनावको विरोधमा माइकिङ गर्ने ।

(असार १ गते विभिन्न चोक र चौराहामा खबरदारी सभाका साथै शहीदहरुको तस्वीरमा माल्यार्पण गर्ने ।

(असार २ गते गाउँपालिका नगरपालिकाहरुमा निर्वाचन केन्द्रको कार्यालयमा तालाबन्दी गर्ने र लाठी जुलुस निकाल्ने ।

(असार ३ र ४ गते शहीदहरुको तस्वीर प्रदर्शन गर्ने ।

(असार ५ गते जिल्ला सदरमुकाममा लाठी जुलुस प्रदर्शन गर्ने ।

(असार ६ गतेदेखि १४ गतेसम्म निर्वाचनसम्बन्धी कार्याक्रमहरुमा अवरोध पुर्‍याउने ।

(असार ८ गते जिल्ला सदरमुकामहरुमा मोटरसाइकल र्याली निकाल्ने ।

(असार १० गतेदेखि अनिश्चितकालीन आम हडताल गर्ने ।

प्रकाशित मिति: २८ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्