असार १६ गते कोरियन भाषा परीक्षाको नतिजा आउने


 


काठमाडौं, जेठ २८
रोजगार अनुमति प्रणाली (ईपीएस) कोरियाले शनिवार र आइतवार दुई दिन लिएको भाषा परीक्षाको नतिजा असार १६ गते सार्वजनिक गर्ने भएको छ ।

दुई दिन सञ्चालन भएको परीक्षामा आवेदन फारम भर्ने ७५ हजार ५ सय ८० परीक्षार्थी मध्ये ८० देखि ९० प्रतिशतले भाषा परीक्षा दिएको शाखाका प्रमुख बाबुराम खतिवडाले जानकारी दिए ।

सन् २०१८ मा कोरियामा काम गर्न जानका लागि १० हजार २ सयले अवसर पाउने छन् । जसमा ६ हजार दुई सय कृषि र ४ हजार उत्पादनमा काम गर्ने गरी कोरियान जाने शाखाले जनाएको छ ।

परीक्षाका लागि ७५ हजार ५ सय ८० ले आवेदन दिएका थिए । जसमा परीक्षार्थी ९ हजार ७ सय ९६ महिला परीक्षार्थी र ६५ हजार ७ सय ८४ पुरुष परीक्षार्थी छन् ।

यसैगरी कृषिमा ५१ हजार २ सय २ र उत्पादनमा २४ हजार ३ सय ७८ जनाले आवेदन दिएका थिए । शाखाले २६ वटा परीक्षा केन्द्रमा विहान ८ बजेर दिउँसो १२ बजे गरी दुई सिफ्ट लिएको थियो ।

परीक्षा सञ्चालनका लागि कोरिया ५५ जनाको टोली नेपालमा आएका थिए । सन् २००८ देखि अहिलेसम्म ४४ हजार भन्दा बढी युवा कोरिया पुगिसेका छन् ।

प्रकाशित मिति: २८ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्