भरतपुर मतपत्र प्रकरण : जे हुन्छ, आज हुन्छ !


 


काठमाडौं, जेठ २८
भरतपुर महानगरपालिका वडा नं १९ को आज अन्तिम फैसला हुँदैछ । यहाँ फेरि मतदान गर्ने कि नगर्ने भन्नेबारे सर्वोच्च अलालतबाट आज फैसला हुन लागेको हो ।

पुनः मतदान रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा गत जेठ २२ गते न्यायधीश चोलेन्द्र शमशेर राणाको इजलासले २८ गतेसम्मका लागि कुनैपनि प्रक्रिया अघि नबढाउन आदेश दिएको थियो ।

सर्बोच्च अदालतमा अधिवत्ता तुलसीराम पाण्डे र वडा नम्बर १९ का एमालेका तर्फबाट दलित सदस्य उम्मेद्वार गुन्जमान बिकले निर्वाचन आयोगलाई प्रमुख प्रतिपक्षी बनाएर रिट दायर गरेका थिए ।

निर्वाचन आयोगले भरतपुरमा मतगणना जारी रहँदा ९० मत च्यातिएपछि पुनः मतदान गराउने निर्णय गरेको थियो ।

जसमध्ये वडा नं १९ को मतगणना हुँदै गर्दा मतपत्र च्यातिएको हो । यो सहित वडा नं।२० को मात्र मतगणना गर्न बाँकी छ ।

दुई वडाको मतगणना गर्न बाँकी रहँदा नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार दाहाल भन्दा ७८४ मतले अगाडि रहेका थिए ।

वडा नंम्बर १९ मा एक हजार ८०० मत गन्दा यो मतान्तर घटेर ७३३ मा झरेको थियो ।

सर्वोच्चको आदेश पर्खेर बसेका भरतपुरका एमाले र एमाओवादीका उम्मेद्वारले आफ्नो पक्षमा भोट भने मागिरहेका छन् ।

प्रकाशित मिति: २८ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्