पत्रकार महासङ्घ स्याङ्जाको अध्यक्षमा शर्मा


 


वालिङ, जेठ २८

नेपाल पत्रकार महासङ्घ स्याङ्जाको अध्यक्षमा ओमप्रकाश शर्मा निर्वाचित हुनुभएको छ ।

शनिबार राति सम्पन्न चौथो अधिवेशनले सहमतिका आधारमा शर्माको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको हो ।

लामो समयदेखि सदस्य सङ्ख्यामा विवाद रहेकाले तोकिएको मितिमा अधिवेशन हुन नसकिरहेको बेलामा शनिबार जिल्लामा रहेका पत्रकार निकट विभिन्न सङ्गठनबीच पदको भागबन्डामा सहमति भएपछि अधिवेशन टुङ्गिएको हो ।

कार्यसमितिको उपाध्यक्षमा अर्जुन काफ्ले, महिला उपाध्यक्षमा भवानी अधिकारी, सचिवमा हरिप्रसाद सुवेदी, सहसचिवमा तोलाकान्त बगाले, सहसचिव समावेशीमा प्रतीक्षा काफ्ले, कोषाध्यक्षमा गोपाल जिटीसहित अन्य सदस्य रहेका छन् । रासस

प्रकाशित मिति: २८ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्