नेपालमा झण्डै पौने करोड नेपाली टुकीको भरमा
काठमाडौं, जेठ २८
विश्व डिजिटल युगमा प्रवेश गरेको भन्दै गर्दा झण्डै पौने करोड नेपालीले भने अझै पनि टुकीको उज्यालोमा जीवन बिताउनुपरेको छ ।
सरकारले सार्वजनिक गरेको तथ्यांकमा झण्डै ७४ लाख १० हजार नेपाली उज्यालोका लागि टुकी बत्तीको भर पर्नुपर्ने देखिएको छ ।
कुल जनसंख्यामा बिजुलीको पहुँच ७४ प्रतिशतमा पुगेको छ भने, बाँकी २६ प्रतिशत जनसंख्या टुकीके भरमा छन् । आजको नागरिकमा खबर छ ।
प्रकाशित मिति: २८ जेष्ठ २०७४, आइतबार