एमालेले टुंग्यायो विराटनगर, धरान र इटहरीका लागि उम्मेदवार


 


काठमाडौं, जेठ २७

एमालेले दोस्रो चरणको स्थानीय चुनावका लागि महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवार चयन गरेको छ ।

शनिवार पार्टी मुख्यालयमा बसेको स्थायी समिति बैठकले प्रदेश नम्बर १ का महानगर र उपमहानगरमा प्रमुख उपप्रमुखको उम्मेदवार तय गरेको हो ।

एमालेले विराटनगर महानगरपालिकाको प्रमुखमा मोरङका पार्टी अध्यक्ष विनोद ढकाललाई अघि सारेको छ भने उपप्रमुखमा परिस्थितिको विश्लेषण र स्थानीय राय–सल्लाहको आधारमा निर्णय गर्ने अधिकार प्रदेश नं १ का संयोजक भीम आचार्यलाई दिएको छ ।

यस्तै धरान उपमहानगरपालिकाको प्रमुखमा तारा सुब्बा र उपप्रमुखमा मञ्जु भण्डारीलाई एमालेले अघि सारेको छ ।

इटहरी उपमहानगरपालिकाको प्रमुखमा सुनसरी जिल्ला अध्यक्ष द्वारिकलाल चौधरी र उपप्रमुखमा लक्ष्मी गौतमलाई एमालेले अघि सारेको छ ।

प्रकाशित मिति: २७ जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्