पौडेलले दिएको मन्त्रीको सूची देउवालाई चित्त बुझेन, क–कसको थियो नाम ?
कठमाडौं, जेठ २७
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मन्त्रीका लागि दिएको नेताहरुको नामावलीसहितको सूची प्रधामन्त्री शेरबहादुर देउवालाई चित्त बुझ्न सकेन । पौडेलले दिएको सूचीमा बलबहादुर केसीको नाम देखेपछि उनलाई चित्त नबुझेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता राचन्द्र पौडेल पक्षबाट मन्त्री नियुक्तिका लागि सिरफरिस हुन लागेका चार नेतामध्ये बलबहादुर केसीलाई अस्वीकार गरेका छन् । जसले गर्दा मन्त्रिपरिषद विस्तारमा ढिलाई हुने भएको छ ।
पार्टी सञ्चालनबारे पार्टी सभापति देउवाको कडा आलोचना गर्दै आएका केसीको नाम नपठाउन देउवाले पौडेललाई आग्रह गरेको स्रोतले बतायो । आजको कान्तिपुरमा खबर छ।
पौडेल पक्षले भने आफ्नो समूहबाट मन्त्री बनाउने नामको टुंगो लागे पनि कुन कुन मन्त्रालय पाउने प्रस्ट नभएसम्म नपठाउने जनाउ दिएको छ । पौडेलले पठाउने सूचीमा केसी, महेश आचार्य, रामकृष्ण यादव र सरिता प्रसाईँको नाम रहेको उनी निकटले बताएका छन् ।
प्रकाशित मिति: २७ जेष्ठ २०७४, शनिबार