विश्वकै सबैभन्दा बढी उमेरका पुरुषको निधन


 


oldman
टोक्यो, असार २२
विश्वकै सबैभन्दा बढी उमेरका पुरुष मानिस जापानका साकारी मोमोईको १ सय १२ वर्षको उमेरमा निधन भएको छ। जपानी नागरिक साकारीको जन्म फेब्रुअरी १९०३ मा भएको थियो।
स्वस्थ खाना र पर्याप्त निद्राका कारण आफू लामो समयसम्म बाचेको उनले बताउने गरेका थिए।

समाचार एजेन्सी रोयटर्सका अनुसार अध्यापनको पेशा गर्ने साकारीलाई २०१४ मा विश्वकै सबैभन्दा बढी उमेरको पुरुषको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डस्ले मान्यता दिएको थियो।

एएफपीका अनुसार त्यसबेला उनले भनेका थिए, ‘म अझ २ वर्ष बाच्न चाहन्छु।’ साकारीको निधनपछि अब जापानकै यासुतारो कोइदेले विश्वकै सबैभन्दा बढी उमेरका पुरुषको मान्यता पाउन सक्ने बताइएको छ। उनी साकारीभन्दा करिब ६ महिना कान्छा छन्।

विश्वकै हालसम्मकै सबैभन्दा बढी उमेरका मानिस भने अमेरिकाकी सुजैना मसहट जोन्स हुन्। उनको उमेर १ सय १६ वर्ष भएको छ।

एजेन्सी

प्रकाशित मिति: २२ असार २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्