अब कोरियन भाषा परीक्षा कोरियालीकै निगरानीमा


 


काठमाडौं, जेठ २६
अब नेपालमा हुने कोरियन भाषा परीक्षा कोरियालीहरुकै निगरानीमा गरिने भएको छ । कोरियन रोजगारी अनुमति प्रणाली अन्तर्गत हुने भाषा परीक्षा सञ्चालन गर्न कोरियन अधिकारीहरु नेपाल आइपुगेका छन् । आजको नागरिकमा खबर छ ।

सन् २०१८ मा कोरिया जान जेठ २७ र २८ गते भाषा परीक्षा हुने तय भएको छ ।

इपिएस शाखाले आवेदकको फारम संकलन गर्नेदेखि लिएर परीक्षा सञ्चालनसम्मको काम गरे पनि भाषा परीक्षा भने कोरियन अधिकारीकै निगरानीमा सम्पन्न हुन्छ ।

प्रकाशित मिति: २६ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्