मेचीनगर–१३ को वडाध्यक्षमा कांग्रेभित्र किचलो
झापा, जेठ २५
स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि दलहरु उम्मेदवार धमाधम तय गर्देछन् । झापाको मेचीनगर नगरपालिका वडा नं १३ को वडाध्यका लागि कांग्रेसभित्र किचलो सुरु भएको छ ।
यहाँ विवादित र बहुविवाहको मुद्धा लागेको पुष्पराज कार्कीले वडाध्यक्षको टिकटका लागि सक्रियता बढाएसँगै विवाद चुलिएको हो ।
स्थानीय कांग्रेस नेता कार्यकर्ता विवादित छविका कार्कीले वडाध्यक्षका लागि टिकट पाउन दौडथुप गरेपछि आक्रोशित बनेका छन् ।
यो वडाका महिला कुनै पनि हालतमा कार्कीलाई वडाध्यक्षमा टिकट दिन नहुने बताउँछन् । यस ठाउँका सक्रिय कांग्रेस नेता कार्यकर्ताहरु पनि कार्कीलाई कार्कीलाई टिकट दिन नहुनेमा एकमत भएका छन् ।
प्रकाशित मिति: २५ जेष्ठ २०७४, बिहिबार