गणतन्त्रको उपहार : बहिनी सपथ खुवाउने, दाजु सपथ खाने !


 


ध्रुव सुवेदी
काठमाडौं, जेठ २४
नेपालको गणतन्त्र यस्तो व्यवस्था हो, जहाँ धनुषाको कृषकको छोरो देशको राष्ट्रपति बन्छन् विकट भोजपुरमा जन्मेकी सामान्य नागरिक विद्या भण्डारी राष्ट्रपति बन्छिन् । हो, त्यही व्यवस्थामा हामी छौं ।

बुधबारको एक दृश्य यही व्यवस्थाको अनुपम उपहारको रुपमा देखा परेको छ । बुधबार दिउँसो राष्ट्रपति भवन शितल निवासमा नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुृर देउवाको सपथ ग्रहणको कार्यक्रम थियो ।

प्रधानमन्त्रीले सपथ लिएसँगै उप प्रधान र मन्त्रीहरुको सपथ लिने पालो आयो । मन्त्रीहरुको लाइनमा थिए, क्रमश, ज्ञानेन्द्रबहादुर कार्की, फरमुल्ला मन्सुर, जनार्दन शर्मा र प्रभु साह ।

स्मरण रहोस् मन्त्रीको लाइनमा रहेका कार्की र सपथ खुवाउने राष्ट्रपति विद्यादेवी भण्डारी नाताले दाजु बहिनी हुन् । भण्डारी मामाकी छोरी हुन् भने कार्की फुपुका छोरा हुन् । भण्डारीका बुबा रामबहादुर पाण्डे र कार्कीकी आमा अम्बिका कार्की दिदीभाइ हुन् ।

पहिले राजनीतिको दुई ध्रुवमा रहेका उनिहरुबिच बुधबार भने विरलै जुर्ने संयोग मिलेको छ । भण्डारीले देशको सर्वाेच्च पदमा रहेर सपथ खुवाईन भने कार्कीले देशको ढुकुटी चलाउने चाबी लिएर अर्थ मन्त्रीको रुपमा सपथ लिए ।

दशैंमा माइती र तिहारमा चेलीकोमा ओहोरदोहोर गर्ने यो परिवारमा बुधबार भने माइती चेलीकोमा सपथ लिएको दृश्य कम्ता रोचक थिएन ।गणतन्त्र नहुँदो हो त यस्ता दृश्य सायदै देखिने थिए ।

प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्