कांग्रेसमा गयो भुँइचालो : पौडेल समूहले देउवाको सपथग्रहण बहिस्कार गर्ने, मन्त्री पनि पठाएन
काठमाडौं, जेठ २४
प्रधानमन्त्रीमा शेरबहादुर देउवा चयन भएसँगै रामचन्द्र पौडेल समूह आक्रमक बनेको छ । पौडेल समूहले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ ग्रहण समारोह समेत बहिस्कार गर्ने भएको छ ।
उसले सरकारमा आफ्नो तर्फबाट मन्त्रीसमेत नपठाउने निर्णय गरेको छ । देउवाले सरकार गठनमा एकलौटी गरेको र मन्त्री चयन गर्दा पनि आफूहरुसँग छलफल नगरेको भन्दै पौडेल समूह असन्तुष्ट बनेको हो ।
प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार