भोजपुरमा असार यस्तो हुँदैछ (फोटो कथा)
भोजपुर, असार २२
अहिले असार महिना । मानो खाएर मुरी उब्जाउने महिना । विशेषत यो महिना खेतिको चटारो हुने महिना हो । जिल्लाको माथिल्लो क्षेत्रका कृषकहरुले खेत रोपिसकेका छन् भने कतै धमाधम राेप्दैछन् ।
कतै खेत राेप्नका लागि तयार पारिएको छ । अाज हामीले भोजपुरकाे विभिन्न गाविसका कृषकको खेतिको दैनिकी तस्बिर मार्फत नियाल्ने प्रयास गरेका छौं । सायद तपाई पनि राेपाइमा नै व्यस्त हुनुहुन्छ होला ।
यदि राेपाइमा हुनुहुन्न र खेति भन्दा टाढा सहर, तराई, राजधानी वा परदेशमा हुनुहुन्छ भने यी तस्बिरले तपाइकाे बाल्यकाल अनि खेती गर्दाको समय झल्काइदिनेछ ।
साँच्चै गाउँघरमा हुने राेपाइ कम्ता रमाइलाे हुँदैन । तपाई हलि, बाउसे अनि राेपार भएको याद अहिले पनि झल्झली अाउँदो हाेला है । उसो भए हेर्नुस् तपाईको विगत झल्काउने यी तस्बिर
प्रकाशित मिति: २२ असार २०७२, मंगलबार