राजपाले गर्यो चुनावमा जाने निर्णय, देउवासंग लिखित सहमति


 


काठमाडौं, जेठ २३
अन्ततः राष्ट्रिय जनता पाटी (राजपा) नेपालले दोस्रो चरणको चुनावमा सहभागिता जनाउने निर्णय गरेको छ । विभिन्न मागहरु राख्दै आन्दोलनमा रहेको राजपा नेपाल लिखित प्रतिबद्धता माग्दै चुनावमा सहभागी हुने भएको हो ।

सीमांकन, स्थानीय तह संख्या वृद्धिलगायतका माग सम्बोधनका लागि राजपाले लिखित प्रतिबद्धता माग्ने छ । राजपाले त्यसका लागि आज मध्यान्ह व्यवस्थापिका संसद भवन बानेश्वरमा नेपाली काँग्रेसका सभापित तथा शेरबहादुर देउवासँग सहमतिपत्रमा हस्ताक्षर हुँदैछ ।

आज हुने प्रधानमन्त्रीको चुनावमा भाग लिने राजपा नेपालले यसअघि नै निर्णय गरिसकेको छ । संघीय समाजवादी फोरम र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले पनि यसअघि नै समर्थन गर्ने जनाइसकेको छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्