भरतपुर प्रकरणमा सर्वोच्चबाट आयो यस्तो आदेश


 


काठमाडौं, जेठ २२
भरतपुरको मतगणना प्रकरणमा सर्वोच्च अदालतले तीन दिन हालको प्रकियालाई यथास्थितिमा राख्न आदेश दिएको छ ।

न्यायाधीश चोलेन्द्रशम्सेर राणाको इजलाशले ‘हालको प्रक्रिया यथास्थितिमा राख्न’ आदेश दिएको हो ।

सर्वाेच्चले अन्तरिम छलफलका लागि दुवै पक्षलाई डाकेको छ । सर्वोच्चको आदेशपछि भरतपुरमा निर्वाचन आयोगको निर्देशन अनुसार तत्काल मतदान नहुने भएको छ ।

गत शनिबार भरतपुर १९ को मतदान अबैध घोषित गरी नयाँ निर्वाचनको मिति घोषणा गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो ।

प्रकाशित मिति: २२ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्