ओलीलाई भेट्न बालकोट पुगे कार्की, निधि र गिरी, के भने ओलीले ?


 


काठमाडौं, जेठ २२
प्रधानमन्त्रीको निर्वाचनमा सहयोग गर्न आग्रह गर्दे कांग्रेस नेताहरु ज्ञानेन्द्रबहादुर काकी, विमलेन्द्र निधि र प्रदिप गिरी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

कांग्रेस नेताहरु सोमबार बिहान ११ बजे ओली निवास बालकोट पुगेका थिए । करिब डेढ घण्टा भएको छलफलमा कांग्र्रेस नेताहरुले सहयोगको अपेक्षा सहित ओलीसँग आफ्ना कुरा राखेको स्रोतले बताएको छ ।

प्रधानमन्त्रीको निर्वाचनमा सदनबाट हुने प्रकृयामा एमालेको सहयोगको अपेक्षा सहितको शिष्टाचार भेटघाट भएको हो । एमाले अध्यक्ष ओलीले राम्रो काममा एमालेको समर्थन रहेपनि गलत काममा सहयोग गर्न नसकिने बताएका थिए ।

प्रकाशित मिति: २२ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्