एसईई (एसएलसी) परीक्षाको नतिजा असर पहिलो साता


 


काठमाडौं, जेठ २१
परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको सेकेन्डरी एजुकेसन एक्जामिनेसन (एसईई) को नतिजा ढिलोमा असार दोस्रो साता सार्वजनिक गर्ने भएको छ ।

जेठ अन्तिमसम्म नतिजा सार्वजनिक गर्ने तयारी भए पनि सम्भव नभएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताए । विगत वर्षमा लिइने एसएलसी परीक्षाको नाम यस वर्षदेखि शिक्षा ऐन संशोधनसँगै एसईई बनाइएको हो ।

परीक्षामा नियमित र आंशिक गरी पाँच लाख ३८ हजार विद्यार्थी सहभागी छन् । परीक्षा गत चैत ३ गतेदेखि भएको थियो ।

परीक्षा नियन्त्रक रेग्मीका अनुसार, अहिले विभिन्न जिल्लाबाट उत्तरपुस्तिका परीक्षण भएर आएको प्राप्तांकलाई कम्प्युटरमा इन्ट्री गर्ने काम भइरहेको छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्