सिडिओहरुको सरुवा, कसलाई कुन जिल्लाको जिम्मेवारी ?
काठमाडौं, जेठ २१
गृह मन्त्रालयले ११ सहसचिव र १५ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सिडिओ) मा सरुवा गरिएको छ ।
गृहले सुरक्षा समन्वय महाशाखाको प्रमुखमा ललितपुरका सिडिओ दीपक काफ्लेलाई पठाएको छ । काफ्लेको ठाउँमा मानव स्रोत व्यवस्थापन महाशाखाका प्रमुख रामकुमार श्रेष्ठलाई लगिएको छ ।
रितेश शाक्यलाई तनहुँ र महेश आचार्यलाई धादिङको सिडिओ बनाएर पठाइएको छ । यस्तै उपसचिव सुनील खनाल मनाङ, रामचन्द्र तिवारी मुस्ताङ, प्रकाशचन्द्र अधिकारी दैलेख र राजेश पन्थी पर्वत जिल्लाको सिडिओ बनेको छन् ।
उनिहरु मन्त्रालयबाट सिडिओ बनेर जिल्ला गएका हुन् । कास्कीका सिडिओ हरि मैनाली र बाग्लुङका सिडिओ भागिरथ पाण्डेलाई मन्त्रालयमा ल्याइएको छ ।
प्रकाशित मिति: २१ जेष्ठ २०७४, आइतबार