देउवाको गृहजिल्लामा कस्ता छन् माओबादी उम्मेदार ?


 


डडेल्धुरा, जेठ २०
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेकपा माओबादी केन्द्रले दोस्रो चरणको निर्वाचनका लागि स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ ।

कांग्रेसको गण मानिने डडेल्धुरामा माओबादीले पाँचवटा स्थानीय तहमा उम्मदेवारको टुंगो लगाएको हो । आकांक्षी धेरै भएका कारण अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकामा भने उम्मेदवार छनोट गर्न केही समय लाग्ने माओबादी केन्द्रका जिल्ला संयोजक मानसिंह मालले जानकारी दिए । यद्यपी नगरपालिकाको वडाध्यक्षका उम्मेदवार भने तय गरिएको छ ।

माओबादी केन्द्रले परशुराम नगरपालिकाको मेयरमा शेरसिंह माल (डायमण्ड) र उपमेयरमा बिम्ला महतलाई उम्मेदवार बनाउने केन्द्र निर्णय गरेको छ ।

यसैगरी, आलिताल गाउँपालिकाको अध्यक्षमा पोलिटव्युरो सदस्य जगत पार्की र उपाध्यक्षमा सुशीला खत्रीलाई उम्मेदवार बनाएको छ ।
अजयमेरु गाउँपालिकामा अध्यक्षमा पूर्व जिल्ला सचिव उमेशप्रसाद भट्ट र उपाध्यक्षमा कलावती कुमाललाई उम्मेदवार चयन गरेको छ ।

यस्तै, गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा ईश्वरी भण्डारीलाई चयन गरेको छ । भागेश्वर गाउँपालिकाको अध्यक्षमा ओमप्रकाश साउदलाई चयन गरेको छ । यहाँ पनि उपाध्यक्ष चयन गर्न बाँकी रहेको छ ।

प्रकाशित मिति: २० जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्