आयोगको निर्णयविरुद्ध भोलि एमालेले संसद अवरोध गर्ने, के हुन्छ प्रधानमन्त्रीको निर्वाचन ?


 


काठमाडौं, जेठ २०
निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मतगणनाको विषयलाई लिएर वडा नम्बर १९ पुनः मतदान गर्ने गरेको निर्णय विरुद्ध नेकपा एमालेले भोलि संसद अवरोध गर्ने जनाएको छ ।

एमालेले संसद अवरोध गर्ने निर्णय गरेपछि भोलि हुन लागेको प्रधानमन्त्री निर्वाचन प्रक्रिया प्रभावित हुने भएको छ । एमालेले यसअघि प्रधानमन्त्रीको उम्मेदवारमा उपाध्यक्ष बामदेव गौतमलाई उठाउने भनेपनि आज उम्मेदवारी दर्ता गरिएन ।

प्रधानमन्त्री पदमा नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाको मात्रै उम्मेदवारी परेको छ ।

संसदको मतदान प्रक्रियामा नै भाग नलिने एमालेले निर्णय गरेको छ । एमालेले राष्ट्रपतिको पत्र संसदमा टेबल नै नभई अगाडि बढाइएको निर्वाचन प्रक्रिया नै त्रुटिपूर्ण रहेको एमालेले जनाएको छ ।

प्रकाशित मिति: २० जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्