भरतपुरमा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय
काठमाडौ, जेठ २०
निर्वाचन आयोगले चितवको भरतपुर महानगरपालिकामा पुनःमतदान गर्ने निर्णय गरेको छ ।
शनिबार दिउँसो बसेको निर्वाचन आयोगका आयुक्तहरुको बैठकले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय गरेको आयुक्त नरेन्द्र दाहालले जानकारी दिनुभयो।
गत आइतार मतगणनाका क्रममा दलका प्रतिनिधिबीच विवादा हुँदा मतपत्र च्यातिएपछि मतगणना स्थगित भएको थियो । एमालेका देवी ज्ञवाली र कांग्रेस र माओवादी गठबन्धनकी मेयर उम्मेदवार देवी ज्ञवालीबीचको तिब्र प्रतिस्पर्धा भइरहेका बेला प्रतिनिधिबीच विवाद भएको थियो ।
प्रकाशित मिति: २० जेष्ठ २०७४, शनिबार