‘म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा बदल्नुपर्छ’


 


काठमाडौं, जेठ २०
नेकपा माओबादी केन्द्रका नेता गोपाल किरातीले स्थानीय तह निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा रुपान्तरण गर्न माग गरेका छन् ।

यसअघि ८ सय जिल्लाको अवधारणा ल्याएर चर्चामा आएका किरातीले अहिले म्यादी प्रहरीको विषयलाई ल्याएका छन् । उनले प्रधानमन्त्री प्रचण्डलाई भेटेर नै म्यादी प्रहरीहरुलाई प्रदेश प्रहरीमा रुपान्तरण गर्न माग गरेका हुन् ।

म्यादी प्रहरीलाई फिर्ता पठाए विदेशिने भन्दै किरातीले प्रदेश प्रहरीमा रुपान्तरण गर्नुपर्ने सुझाव दिएका छन् । गहृमन्त्रालयले निर्वाचनका लागि भन्दै ५५ दिनका लागि ७५ हजार म्यादी प्रहरी भर्ना गरेको छ ।

प्रकाशित मिति: २० जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्