पहिलो चरणमा सात सदस्यीय मन्त्रिमण्डल, कुन दलबाट कति ?


 


काठमाडौं, जेठ २०
व्यवस्थापिका संसदले भोलि (आइतबार) गर्ने प्रधानमन्त्रीको निर्वाचनबाट प्रधानमन्त्रीमा निर्वाचित भएमा सात सदस्यीय सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् ।

भोलि हुने प्रधानमन्त्रीको निर्वाचनका लागि आज उम्मेदारी दर्ता गर्ने समय तोकिएको छ । देउवा निर्वाचित भए सोमबारै शपथ लिनेछन् । त्यसपश्चात उनले कांग्रेसबाट दुई, माओवादीबाट तीन र फोरम लोकतान्त्रिकबाट एक जनालाई लिएर सात सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी गरेको बताइएको छ ।

सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी नभए माओवादीले ८, कांग्रेसले १४ र फोरम लोकतान्त्रिकले तीन मन्त्रालय लिने अनौपचारिक छलफल भएको छ ।

तर, केही साना दल पनि सरकारमा सहभागी हुने र चुनावपछि मधेसी दल पनि सहभागी हुन सक्ने भन्दै मन्त्रालयको टुंगो पछि मात्रै लगाउने रणनीतिमा कांग्रेस र माओवादी छन् । गृहमन्त्रालय माओवादी, अर्थ कांग्रेस र स्थानीय विकास फोरम लोकतान्त्रिकले लिने सहमति यसअघि नै भइसकेको बुझिएको छ ।

प्रकाशित मिति: २० जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्