काठमाडौंमा विस्तार हुँदै ‘क्लिन द सिटी’ अभियान, सबै वडामा सरसफाई गरिने


 


काठमाडौँ, जेठ २०

काठमाडौँ महानगरपालिका सबै वडामा निरन्तर सफा गरिने छ । गत बिहीबारदेखि नवनिर्वाचित प्रमुख तथा उपप्रमुखसहितले ‘क्लिन द सिटी’ अभियानको सुरुआत गरिसक्नुभएको छ ।

तत्कालका लागि कामपाले बाँसबारीबाट चक्रपथतर्फ, एअरपोर्टबाट गौशालातर्फ, बल्खुबाट कुलेश्वरतर्फ र कलङ्कीबाट सोल्टी मोडतर्फ गरी चार मार्गमा सरसफाइ गर्ने योजना राखेको छ ।

सोअभियानअन्तर्गत सडकको धुलो बढार्ने, सडक किनारा सफा गर्नेसम्मका काम हुनेछन् । सफा गरिएको दिन सङ्कलित धुलो टेकु ल्याइने महानगरपालिका, वातावरण व्यवस्थापन विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिनुभयो ।

बुधबार पद तथा गोपनीयताको शपथ गरेपछि महानगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले बिहीबार बिहान बूढानीलकण्ठ नगरपालिका र काठमाडौँ महानगरपालिकाको सिमानामा रहेको बाँसबारीमा सफाइको काम सुरुआत गर्नुभएको थियो । रासस

प्रकाशित मिति: २० जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्