छनौट चरण अघि नेपालले ओमान र युएइसँग खेल्ने


 


काठमाडौं, असार २१

आइसीसी विश्व ट्वान्टी–२० छनौटको लागि युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले सोमबार पहिलो अभ्यास खेल ओमानसँग खेल्दैछ। ओमनसँगको खेल आयरल्यान्डको बेलफास्टमा रंगशालामा हुँदैछ।

 नेदरल्यान्ड्ससँच चार खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खला खेलेर नेपाली टोली आयरल्यान्ड पुगेको हो। सो श्रृङ्खला नेपालले ३-१ ले नेदरल्याण्ड्सलाई सुम्पेको थियो।

ओमनसँगको अभ्यास खेलपछि मंगलबार नेपालले दोस्रो अभ्यास खेल संयुक्त अरब इमिरेट्ससँग खेल्नेछ।

दुई अभ्यास खेलपछि नेपालले आइसीसी विश्व ट्वान्टी–२० छनौटको पहिलो खेल संयुक्त राज्य अमेरिकासँग १० जुलाइमा खेल्नेछ।

प्रकाशित मिति: २१ असार २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्