प्रधानमन्त्री निर्वाचनः आज उम्मेदवारी दर्ता


 


काठमाडौं, जेठ २०
शुक्रबारदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ । सहमतीको प्रयास सफल नभएपछि राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा हिजोदेखि निर्वाचन प्रक्रिया सुरु भएको हो ।

प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बाबजुद व्यवस्थापिका संसदमा सूचना टाँस गरेर सुरु भएको प्रधानमन्त्री निर्वाचन प्रक्रियाअनुसार आज उम्मेदावारी दर्ता हुनेछ ।

संसद सचिवालयले सार्वजनिक गरेको प्रधानमन्त्री निर्वाचन तालिकाअनुसार आज शनिबार विहान ११ देखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ भने भोलि आइतबार निर्वाचन हुनेछ ।

प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सत्ता साझेदार नेकपा माओबादी केन्द्रको समर्थनमा प्रधानमन्त्रीमा उम्मेदवारी दिनेछन् ।

नेकपा माओबादीले पनि शेरबहादुरलाई टक्कर दिन उपाध्यक्ष बामदेव गौतमलाई अघि सार्ने जनाएको छ । भरतपुरमा पुनःमतगणना तत्काल सुरु गर्न माग गर्दै प्रमुख विपक्षी एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति: २० जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्