भरतपुरको मतपत्रका विषयमा शनिबार टुंगो लाग्दै, कस्तो आउँदैछ निर्णय ?
काठमाडौँ, जेठ १९
प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले चितवन महानगरको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि उत्पन्न परिस्थितिको शनिबारसम्म निरुपण हुने बताउनुभएको छ ।
निर्वाचन आयोग परिसरमा आज सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले नष्ट भएका मतपत्रलाई कसरी व्यवस्थापन गर्ने, मत गणना गर्ने की पुनः निर्वाचन गर्ने भन्ने विषयमा विभिन्न कोणबाट छलफल भए पनि निचोडमा पुग्न भने बाँकी रहेको जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिकामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को संयुक्त गठबन्धनका तर्फबाट उम्मेदवार रहेकी रेणु दाहाल तथा नेकपा (एमाले)का उम्मेदवार देवी ज्ञवालीबीच तीव्र प्रतिस्पर्धा रहेको देखिएको छ ।रासस
प्रकाशित मिति: १९ जेष्ठ २०७४, शुक्रबार