मस्र्याङ्दी गाउँकार्यपालिकामा निर्विरोध जनप्रतिनिधि


 


लमजुङ, जेठ १९

उत्तरी लमजुङको मस्र्याङ्दी गाउँकार्यपालिका सदस्यमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । संयुक्त प्यानलबाट दुईजना दलित वा अल्पसङ्ख्यक र चारजना महिला गरी छजना सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

महिला सदस्यमा नेकपा (माओवादी केन्द्र)का अनिता विक र नेकपा (एमाले)बाट चौतरी तामाङ, डिलकुमारी थापा र पारकाशी गुरुङ निर्वाचित भएका हुन् । यस्तै, दलित वा अल्पसङ्ख्यकबाट नेकपा (माआवादी केन्द्र)का कृष्णबहादुर विक र नेकपा (एमाले)का नन्दराम विक निर्वाचित भएका छन् ।

उम्मेदवार मनोनयनका क्रममा नेपाली काँग्रेसलगायत अन्य पार्टीले उम्मेदवारी दर्ता नगरेपछि निर्वाचन अधिकृतले छजनालाई निर्विरोध निर्वाचित घोषणा गरेका हुन् । जिल्लाका अन्य स्थानीय तहमा आज कार्यपालिका सदस्यका लागि निर्वाचन हुँदैछ । रासस

प्रकाशित मिति: १९ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्