भरतपुरमा मतपत्र च्यातिएको विरोधमा राजधानीमा अनेरास्ववियुको मसाल जुलुस (तस्बीरसहित)


 


काठमाडौं, जेठ १८
भतरपुर महानगरपालिकामा नेकपा माओबादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेको विरोधमा एमाले निकट अनेरास्ववियुले राजधानीमा साँझ मसाल जुलुस निकालेको छ ।

काठमाडौस्थित आर.आर. क्याम्पस अगाडिबाट मसाल जुलुस निकालिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए । मसाल जुलुस निकालिएपछि सो क्षेत्रमा सवारी आवागमनमा समेत रोकिएको छ ।

जेठ १४ गते भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा माओबादी केन्द्रका कार्यकर्ताले मतपत्र च्याएको थियो । यद्यपी,उनीहरु आज धरौटीमा रिहा भएका छन् ।

प्रकाशित मिति: १८ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्