मतपत्र च्यात्ने माओबादी कार्यकर्ता धरौटीमा रिहा, अब कहिले हुन्छ मतगणना ?


 


चितवन, जेठ १८
भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यात्ने नेकपा माओबादी केन्द्रका दुई कार्यकर्ता धरौटीमा रिहाभएका छन् ।

जेठ १४ गते मध्यरात मतगणना भइरहेका बेला मतपत्र च्यातेको अभियोगका पक्राउ गरेका माओवादी कार्यकर्ता मधु न्यौपाने र द्रोण सिवाकोटीलाई जिल्ला अदालतले जनही १ लाख धरौटीमा रिहा गरेको हो ।

जिल्ला न्यायधीश बासुदेव पौडेलको एकल इजलासले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा १६ माको उपदफा २ बमोजिम धरौटीमा छाड्न आदेश दिएको दालतका निमित्त श्रेष्तेदार धनिप्रसाद चापागाईले जानकारी दिए ।

मतगणनाका क्रममा ९० मतपत्र च्यातिएको भेटिएको पाइएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । च्यातिएको मतपत्रबारेको प्रतिबेदन अध्ययनपछि मात्रै मतगणनाको मिति तोकिने जनाइएको छ । प्रतिबेदन आजै निर्वाचन आयोगमा पठाइने छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्