सुनको मूल्य बढ्यो, कति छ आज ?


 


काठमाडौं, जेठ १८
आज फेरि सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । आज सुन प्रतितोला ५४ हजार ९ सय रुपैयाँ कायम भएको छ । हिजो भने सुन प्रतितोता ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य भने आज स्थिर छ । आज चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्