नेविसङ्घका पूर्व महामन्त्री भुर्तेलको निधन


 


काठमाडौँ, जेठ १८

नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्री शिव भुर्तेलको निधन भएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान दिनुभएका भुर्तेलको बुधबार राति अमेरिकामा निधन भएको हो ।

अमेरिकाको कोलोराडो मेडिकल कलेजमा क्यान्सरको उपचार गराइरहनुभएका भुर्तेलको बुधबार राति पौने ९ बजे निधन भएको नेविसङ्घका अध्यक्ष नैनसिंह महरले जानकारी दिनुभयो ।

भुर्तेलको निधनले नेपाल विद्यार्थी सङ्घ, नेपाली काँग्रेस र प्रजातान्त्रिक आन्दोलनमा अपूरणीय क्षति भएको महरले बताउनुभयो । रासस

प्रकाशित मिति: १८ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्