ज्ञानेन्द्रबहादुर कार्की मन्त्री बन्ने पक्का


 


काठमाडौं, जेठ १८
सहमतीय सरकार गठनको सात दिनको समय सकिएको छ । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले बहुमतीय सरकार गठनको लागि पहल सुरु गरेको छ ।

अब कुनै चमत्कार भएन भने कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दैछन् । देउवा प्रधानमन्त्री बनेपछि क–कसलाई मन्त्री बनाउलान् ? अहिले चासोको विषय बन्न थालेको छ ।

स्रोतका अनुसार देउवाले कांग्रेस केन्द्रिय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाउने पक्कापक्की भएको छ । देउवाले प्रचण्ड नेतृत्वको सरकारमै कार्कीलाई मन्त्री बनाउने तयारी गरे पनि कार्की मन्त्री बनेका थिएनन् ।

पार्टी महामन्त्री बन्ने लाइनमा रहेको कार्की यो पटक मन्त्री र महामन्त्री दुबै पद पाउने लगभग पक्का भएको देउवा निकट स्रोतले बतायो ।

मन्त्रीका लागि देउवाको पहिलो रोजाइमा ज्ञानेन्द्रबहादुर कार्की परेका छन् । पौडेल समूह र सिटौला समूहलाई उपप्रधानमन्त्री दिनु नपरे कार्कीलाई उपप्रधान सहित शक्तिशाली मन्त्रालय दिने निष्कर्षमा देउवा पुगेको बताईन्छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्