भोजपुरमा निर्वाचन विरोधी गतिविधिको आरोपमा विप्लवका कार्यकर्ता प्रकाउ


 


भोजपुर, जेठ १७
निर्वाचन विरोधी गतिविधि गरेको भन्दै भोजपुरमा नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले प्रक्राउ गरेको छ । पौवादुङ्मा गाउँपालिका ४ वास्तिमबाट जिवन राई र मानबहादुर राईलाई प्रहरीलेप्रक्राउ गरेको हो ।

जिवन राई नेकपाका सगरमाथा ब्युरो सदस्य हुन भने मानबहादुर राई गाउँपार्टी सदस्य हुन् । उनिहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय भोजपुर ल्याइएको छ ।

उनिहरुले पौवा दुम्मा गाउँपालिका ४ को वडा कार्यलयमा संयुक्त क्रान्तिकारी जनपरिषदको नाममा बोर्ड लेखेपछि प्रक्राउ गरिएको प्रहरी प्रमुख काजीकुमार आचार्यले जानकारी दिए ।

यसैबिच आफ्ना कार्यकर्ता प्रकाउ परेपछि नेकपाले विनाशर्त रिहा गर्न माग गर्दे विज्ञप्ती निकालेको छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्