श्रीलंकाका बाढीपीडितलाई ५० लाख डलर दिने मन्त्रिपरिषद्को निर्णय !
काठमाडौं, जेठ १७
नेपालले श्रीलंकाका बाढीपीडितलाई ५० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ ।
आज विहान बसेको मन्त्रिपरिषद्को बैठकले श्रीलंका बाढी पीडितलाई ५० लाख डलर सहयोग दिने निर्णय गरेको हो । सो रकम श्रीलंका सरकारलाई हस्तान्तरण गरिने महिला बालबालिका तथा समाज कल्याण मन्त्री कुमार खडकाले जानकारी दिए ।
श्रीलंकामा गत शनिबारको भारी वर्षापछिको बाढीले २०० बढी व्यक्तिको ज्यानुका साथै लाखौं मानिस विस्थापित भएका छन् ।
स्रोतः सेतोपाटी
प्रकाशित मिति: १७ जेष्ठ २०७४, बुधबार