बाजुराको कोल्टीमा नेपाली सेनाको विमान दुर्घटना


 


काठमाडौं, जेठ १६

नेपाली सेनाको कार्गो विमान बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ । कार्गो बोकेर हुम्लाको सिमिकोटका लागि उडेको थियो ।

त्यहाँ मौसम खराबीले अवतरण गर्न नसकेपछि चालकले विमानलाई कोल्टीतर्फ डाइभर्ट गरेका थिए। दुर्घटनामा पाइलट गम्भीर घाइते भएका छन्।

काठमाडौंस्थित हवाई निर्देशनालय स्रोतका अनुसार पाइलट कैलाश गुरुङ गम्भीर घाइते छन् । उनको बाजुरा अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक छ।

प्रकाशित मिति: १६ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्