तपाईको गाउँ, नगर र महानगरमा कति बजेट विनियोजन भयो ? (सबै स्थानीय तहको सूचिसहित)


 


काठमाडौं, जेठ १५

सरकारले आर्थिक वर्ष २०७४÷७५ का लागि संघियता कार्यान्वयन, निर्वाचन तथा पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै नेपालको इतिहासमा स्थानीय तहलाई सोझै बजेट बिनियोजन गरेको छ ।

स्थानीय तहका लागि २ खर्व २५ अर्व ५ करोड ४५ लाख ९१ हजार रुपैयाँ बिनियोजन गरिएको छ । बजेटमा गाउँपालिका, नगरपालिका र महानगरपालिकाले केन्द्रीय सरकारले अनुदान र श–सर्त अनुदान पाउने छन्।

स्थानीय तह आफैँले खर्च गर्न पाउने गरी गाउँपालिकाले न्यूनतम १० अधिकतम ३९ करोडसम्म पाउने छन् । नगरपालिकाले न्यूनतम १५ करोड अधिकतम ४३ करोड रुपैयाँ पाउनेछन्।

त्यस्तै उपमहानगरपालिकाले ४० देखि ६३ करोड रुपैयाँ पाउनेछन् भने महानगरपालिकाले न्यूनतम ५६ करोडदेखि अधिकतम १ अर्ब २४ करोड रुपैयाँ अनुदान पाउने छन् ।

त्यस्तै श–सर्त अनुदानस्वरुप गाउँपालिकाले न्यूनतम १ करोड २० लाख र अधिकतम १७ करोड २२ लाख पाउने छन्।

नगरपालिकाले न्यूनतम ३० करोड ९५ लाख र अधिकतम ३१ करोड २७ लाख रुपैयाँ पाउनेछन् ।

त्यस्तै उपमहानगरपालिकाले १४ करोड ८० लाखदेखि ३१ करोड रुपैयाँसम्म पाउनेछन् भने महानगरपालिकाले न्यूनतम २८ करोड १२ लाखदेखि अधिकतम ७८ करोड ३९ लाख रुपैयाँ अनुदान पाउने छन् ।

तपाईको गाउँ, नगर र महानगरमा कति बजेट विनियोजन भयो ? (सबै स्थानीय तहको सूचि हेर्न यहाँ क्लिक गर्नुहोस्)

प्रकाशित मिति: १५ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्