भोजपुरका गाउँ र नगरपालिकामा कति बजेट ?
काठमाडौं, जेठ १५
सरकारले आर्थिक वर्ष २०७४÷७५ का लागि संघियता कार्यान्वयन, निर्वाचन तथा पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै नेपालको इतिहासमा स्थानीय तहलाई सोझै बजेट बिनियोजन गरेको छ ।
स्थानीय तहका लागि २ खर्व २५ अर्व ५ करोड ४५ लाख ९१ हजार रुपैयाँ बिनियोजन गरिएको छ । बजेटमा गाउँपालिका, नगरपालिका र महानगरपालिकाले केन्द्रीय सरकारले अनुदान र श–सर्त अनुदान पाउने छन्।
स्थानीय तह आफैँले खर्च गर्न पाउने गरी गाउँपालिकाले न्यूनतम १० अधिकतम ३९ करोडसम्म पाउने छन् । नगरपालिकाले न्यूनतम १५ करोड अधिकतम ४३ करोड रुपैयाँ पाउनेछन्।
त्यस्तै उपमहानगरपालिकाले ४० देखि ६३ करोड रुपैयाँ पाउनेछन् भने महानगरपालिकाले न्यूनतम ५६ करोडदेखि अधिकतम १ अर्ब २४ करोड रुपैयाँ अनुदान पाउने छन् ।
त्यस्तै श–सर्त अनुदानस्वरुप गाउँपालिकाले न्यूनतम १ करोड २० लाख र अधिकतम १७ करोड २२ लाख पाउने छन्।
नगरपालिकाले न्यूनतम ३० करोड ९५ लाख र अधिकतम ३१ करोड २७ लाख रुपैयाँ पाउनेछन् ।
त्यस्तै उपमहानगरपालिकाले १४ करोड ८० लाखदेखि ३१ करोड रुपैयाँसम्म पाउनेछन् भने महानगरपालिकाले न्यूनतम २८ करोड १२ लाखदेखि अधिकतम ७८ करोड ३९ लाख रुपैयाँ अनुदान पाउने छन् ।
भोजपुरका स्थानीय तहमा कति बजेट ?
भोजपुर नगरपालिका ३४ करोड ६० लाख ४५ हजार
षडानन्द नगरपालिका ३८ करोड ९६ लाख ८३ हजार
अरुण गाउँपालिका ३० करोड ४० लाख
आमचोक गाउँपालिका २६ करोड ६३ लाख
ट्याम्के मैयुम गाउँपालिका २७ करोड ६४ लाख
पौवादुंमा गाउँपालिका २१ करोड ६६ लाख
रामप्रसादराई गाउँपालिका २६ करोड १९ लाख
साल्पासिलिछो गाउँपालिका २२ करोड २९ लाख
हतुवागढी गाउँपालिका २६ करोड ६५ लाख
प्रकाशित मिति: १५ जेष्ठ २०७४, सोमबार