सरकारद्वारा १२ खर्ब ७८ अर्ब ९९ करोडको बजेट प्रस्तुत
काठमाडौँ, जेठ १५
सरकारले आगामी आर्थिक वर्षका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजारका राजस्व र व्ययको वार्षिक अनुमान(बजेट) प्रस्तुत गरेको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७४÷७५ का लागि उक्त रकमको बजेट प्रस्तुत गर्नुभएको हो ।
विनियोजित रकममध्ये आठ खर्ब तीन अर्ब ५३ करोड १४ लाख ५४ हजार चालुतर्फ र रु तीन खर्ब ३५ अर्ब १५ करोड ५९ लाख ७० हजार पुँजीगततर्फ छुट्याइएको छ । रासस
प्रकाशित मिति: १५ जेष्ठ २०७४, सोमबार