भरतपुरमा मतपत्र च्यात्ने माओवादी कार्यकर्ता भएको पुष्टि


 


काठमाडौं, जेठ १५
चितवनको भरतपुर महानगरपालिकामा मतपत्र च्यात्ने नेकपा माओवादी केन्द्रका कार्यकर्ता भएको पुष्टि भएको छ ।

नेपाल प्रहरीले नेकपा माओवादी केन्द्रका प्रतिनिधिका रुपमा भरतपुर महानगरपालिका–१ रामनगर बस्ने ३६ वर्षे मधु न्यौपाने र राष्ट्रिय महाधिबेशन आयोग समितिका अध्यक्ष भरतपुर महानगरपालिका–११ बसेनी बस्ने ४३ वर्षे द्रोण सिवाकोटी रहेका स्पष्ट पारेको हो ।

उनीहरुलाई मतपत्र च्यातेपछि सोमबार राति नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै मतपत्र च्यातेपछिको विवादमा प्रहरीमाथि हातपात गरेको आरोपमा नेकपा एमालेका जिल्ला कमिटी सदस्य चितवन भोजाड बस्ने ४५ वर्षे गंगालाल लामालाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्