भरतपुर मतपत्र काण्ड नयाँ मोडमा, तीन सदस्यीय छानविन समिति गठन


 


काठमाडौं, जेठ १५
निर्वाचन आयोगले भरतपुर महानगरको मतपत्र च्यातिएको घटनाबारे छानविन गर्न समिति गठन गरेको छ ।

आयोगको आज बसेको वैठकले निर्वाचन आयोगका सहन्याधिवक्ता गिताप्रसाद तिमिल्सनाको संयोजकत्वमा तीन सदस्य समिति बनाएको छ ।

समितिमा गृहमन्त्रालयका एक सचिव र एक जना एक जना प्रहरी नायव महानिरीक्षक सदस्य छन् । यो सँगै १७ गतेसम्मका लागि मतगणनाको काम रोकिएको छ ।

भरतपुर महानगरको मतगणना अन्तिम चरणमा पुगेका बेला आइतबार मध्यरातमा मतपत्र च्यातिएपछि बिथोलिएको थियो ।

प्रकाशित मिति: १५ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्