भरतपुरमा कति मत गन्न बाँकी थियो, के छ अवस्था ?


 


काठमाडौं, जेठ १५
भरतपुरमा दलका प्रतिनिधिहरुले मतपत्र च्यातेपछि मतगणना कार्य अनिश्चित कालका लागि रोकिएको छ ।

राति १ः२० मा विज्ञप्ति जारी गर्दै मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने अर्को सूचना प्रकाशित नभएसम्मका लागि मतगणना कार्य स्थगित भएको जानकारी गराएका छन् । वडा नम्बर १९ को मतगणना भइरहेका बेला मतगणनास्थलमा विवाद सृजना भएको थियो ।

यतिबेलासम्म एमालेका देवी ज्ञवालीको अग्रता कायमै थियो । उनी माओबादी–कांग्रेस गठबन्धनकी रेणु दाहाल भन्दा ७३३ मतले अगाडि थिए । १९ नम्बर वडाको १८०९ मत गन्दासम्ममा एमालेका देवी ज्ञवालीले ४१ हजार ६ सय ४१ र माओवादी–कांग्रेस गठबन्धनकी रेणु दाहालले ४० हजार ९ सय ८ मत प्राप्त गरेका थिए ।

भरतपुरमा अब १९ नम्बर वडाको करिब १ हजार र २० नम्बर वडाको ३ हजार ३०२ गरि करिब साढे ४ हजार बढी मत गन्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतले जानकारी दिएका छन् । हाल मतगणनास्थललाई शिलबन्दी गरेर कडा सुरक्षा घेरामा राखिएको छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्