देवी ज्ञवाली भन्छन्, ‘यस्तै हुन्छ भन्ने पूर्वसूचना थियो, प्रहरीले ध्यान दिएन’


 


काठमाडौं,  जेठ १५
भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा नेकपा माओबादी केन्द्रका प्रतिनिधिहरुले मतपत्र च्यातेपश्चात रोकिएको मतगणनाबारे एमाले मेयरका उम्मेदवार देवी ज्ञवालीले प्रतिक्रिया दिएका छन् ।

उनले मतगणनामा धाँदली हुन्छ भन्ने बारेमा आफूहरुले पहिलेनै पूर्वसूचना पाइसकेको बताएका छन् । उनले माओबादी केन्द्रकी रेणु दाहालले हार्ने डरले उनका प्रतिनिधिहरुले मतपत्र च्यातेको प्रतिक्रिया दिएका छन् ।

पूर्वसूचना पाएर सुरक्षाका लागि प्रहरीलाई यसबारे जानकारी दिएपनि रोक्ने तर्फ ध्यान नदिइएको आरोप लगाउँदै उनले राज्य सत्ताको दरुपयोग भएको बताएका छन् । मतपत्र च्यातिएपनि अनिश्चितकालका लागि मतगणना स्थागित भएको छ ।

माओवादी चितवनको जिल्ला अध्यक्ष मधु न्यौपाने र माओवादीका प्रतिनिधि द्रोण सिवाकोटीले मतपत्र च्यातेका एमालेको आरोप छ । मध्यरातमा मतपत्र च्यातिएपछि स्थिति तनावपूर्ण भएको थियो ।

प्रकाशित मिति: १५ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्