राजपालाई मनाउन यसरी हुँदैछ चुनाव सार्ने तयारी


 


काठमाडौं, जेठ १५
यदि जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचन सार्ने तयारीमा प्रमुख दलहरु तयार भएका छन् ।

राष्ट्रिय जनता पार्टी नेपाललाई मनाउन प्रमुख दलहरु चुनाव सार्ने तयारीमा पुगको हुन् । यसका साथै राजपाले चुनावमा सहभागिता जनाउने प्रतिबद्धता नजनाएपनि संकेत भने दिइसकेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आहृवानमा सत्तारुढ कांग्रेस, माओवादी, फोरम लोकतान्त्रिक, प्रमुख विपक्षी एमाले र राजपाका नेताहरु सहभागी थिए ।

प्रमुख विपक्षी दल एमाले पनि यस विषयमा सकारात्मक देखिएको छ । चुनाव असार ७ वा ८ गतेलाई सर्ने सम्भावना रहेको बताइएको छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्