माओवादीले मतपत्र च्यातेपछि भरतपुरमा तनाव, मतगणना स्थगित


 


काठमाडौं, जेठ १५
भरतपुर महानगरपालिकाको मतगणनास्थलमा माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछि तनाव सिर्जना भएको छ ।

मत गणनास्थलमा वाईसीएल जिल्ला इन्चार्ज मधु न्यौपानेले मतपत्र च्यातेका हुन्। मतपत्र च्यातेसँगै मतगणना स्थागित भएको छ ।

वाइसिएल इन्चार्ज न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मतगणनास्थल भित्रै रहेका रेणु दाहालका प्रतिनिधि द्रोण सिवाकोटीले पनि मतपत्र च्यातेका थिए । सिवाकोटी पनि प्रहरीको नियन्त्रणमा छन् ।

भरतपुरमा मतगणना अन्तिम चरणमा पुगेको थियो भने एमालेका देवी ज्ञवाली र माओवादी–कांग्रेसकी रेणु दाहालबिच तिब्र प्रतिस्पर्धा छ । यद्यपी ज्ञवालीको अग्रता भने कायमै छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्