गोमा एयरको विमान दुर्घटनाबारे छानबिन गर्न आयोग गठन


 


काठमाडौँ, जेठ १४

सरकारले गोमा एयरको विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ ।

दुर्घटनाबारे विस्तृत छानबिन गरी ९० दिनभित्र प्रतिवेदन पेस गर्नेगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रिस्तरको आजको निर्णयानुसार आयोग गठन गरिएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिनुभयो ।

आयोगको अध्यक्षमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धर, सदस्यमा सैनिक हवाई महानिर्देशनालयका महासेनानी, क्याप्टेन आशिष नरसिङ राणा, तारा एयरका वरिष्ठ क्याप्टेन बोधराज निरौला, मनाङ् एयरका वरिष्ठ ईन्जिनियर दीगम्बर राजभण्डारी र सदस्य सचिवमा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य रहनुभएको छ ।

काठमाडौँबाट लुक्लाका लागि कार्गो उडानमा रहेको गोमा एयरको उडान नं ढल्(ब्पथ –भित द्धज्ञण् को विमान लुक्ला विमानस्थल अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो ।

उक्त विमानमा सवार चालक पारसकुमार राई र सहचालक श्रीजन मानन्धरको मृत्यु भएको थियो । परिचारिका प्रज्ञा महर्जनको काठमाडौँमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्