विवाद मिलेपछि भरतपुरमा स्थगित मतगणनका कार्य सुचारु


 


भरतपुर, जेठ १४
मतपेटिकाको सिल नम्बर फरक परेको भन्दै रोकिएको भरतपुर महानगरपालिकाको मतगणनका कार्य सुचारु भएको छ ।

वडानम्बर १९ को मतगणना सुरु गर्ने क्रममा मतपेटिका र मुचुल्का उठाउने क्रममा डायरीमा टिपिएको सिल नम्बर फरक परेको भन्दै दलका प्रतिनिधिमहरुले विवाद सृजना गरेका थिए ।

छानबिनको क्रममा डायरीमा टिपोट गरिएको सिल नम्बर खालि मतपेटिकाको रहेको खुलेपछि विवाद समाधान भएको छ । विवाद समाधान भएपनि मतगणना कार्यले निरन्तरता पाएको छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्